Logo

Jul 21 2025 | २०८२, साउन ५गते

Jul 21 2025 | २०८२, साउन ५गते

images

ग्यास उद्योग संघद्वारा आन्दोलनको घोषणा

ग्यास उद्योग संघद्वारा आन्दोलनको घोषणा

  • काठमाडौँ ।  नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले १९ बुँदे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।संघले  बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी  आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनु पर्ने र हरेक वर्ष मुद्रास्फीती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ ।

    साथै उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनु पर्ने  उनीहरूको माग छ ।पेट्रोलियम ऐन÷नियम÷कानुनको निर्माण गरी एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नुपर्ने माग पनि संघको छ ।

    फाल्गुण १८ गतेदेखि ५९ वटै एलपी ग्यास उद्योगहरूका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिँदै संघले देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएका छन् । यसैगरी, संघले फाल्गुण ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने पनि भएको छ ।

    फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने, यसैगरी फागुन २२ गते शनिवारदेखि देशभरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिने पनि  संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij