Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो

  • काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.२७ प्रतिशत धेरै हो ।

    images

    माउन्टेन इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ७३ करोड ७९ लाखबाट बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।  

    वित्तीय खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij