Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नेपाल हाइड्रो डेभलपर्सले दोस्रो त्रैमाससम्म कमायो ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा

नेपाल हाइड्रो डेभलपर्सले दोस्रो त्रैमाससम्म कमायो ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा

  •  

    काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यसको खुद नाफा ३१.१० प्रतिशतले बढेर ४ करोड ३४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ३ करोड ३१ लख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

    विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यस कम्पनीको खुद नाफा पनि बढेको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ९.५५ प्रतिशतले बढेर ७ करोड १९ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।नाफासँगै यस कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसाले बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij