Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा

युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा

  • काठमाडौं ।युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो।कम्पनीको सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.०१ प्रतिशत बढेको छ भने कुल खर्च १.०९ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij