
काठमाडौँ । राजस्व अनुसन्धान विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरी लथालिङ्ग अवस्थामा देखिएको छ ।राजस्व अनुसन्धान कार्यालय इटहरीको सामान्य वेबसाइट समेत अपडेट छैन् । कार्यालय प्रमुख र सूचना अधिकारीको नाम ,फोटो र फोन नम्बर समेत राखिएको छैन् ।
वेबसाइटमा कुनै कुराको अद्यावधिक गराइएको छैन् ।कर्मचारी विवरणमा पुरानै अनुसन्धान अधिकृतहरूको नाम राखिएको छ ।
कार्यालयले के के काम ग¥यो सामान्य विवरण समेत वेबसाइटमा राखिएको छैन् । संसदमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्गदेनले चालु संसदमा राजस्व अनुसन्धान विभागमाथि प्रश्न उठाएका थिए । सम्भवतः लिङ्गदेनले राजस्व अनुसन्धान कार्यालय इटहरीको क्रियाकलाप र उसका गतिविधिलाई लक्षित गरी संसदमा कुरा उठाएको हुन सक्ने झापाका एक व्यवसायीले नयाँ सडकलाई बताए ।
राजस्व अनुसन्धान कार्यालय इटहरीको वेबसाइटमा अहिले कार्यालयमा कार्यरत कार्यालय प्रमुख , सूचना अधिकारी र अन्य अनुसन्धान अधिकृतसमेतको नाम समेत राखेको छैन् । उसले गरेका क्रियाकलाप त परै जाओस, उनले भने ।राजस्व अनुसन्धान कार्यालय इटहरीको वेबसाइटमा अनुसन्धान अधिकृतहरूको नाम रमेश ओझा, हितेश बस्नेत, छत्रबहादुर लिम्बूलगायतको नाम छ । जबकि उनीहरू अहिले उक्त कार्यालयमा कार्यरत छैनन् । अहिले कार्यालय प्रमुख उत्तम शर्मा घिमिरे, अनुसन्धान अधिकृतहरू राजेश दत्त, प्रज्वल पोखरेल, रेवती कोइरालालगायतका कर्मचारीहरू कार्यरत छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीको अवस्था त यस्तो छ भने अन्य कार्यालयहरूको अवस्था के होला ? यस्तै राजस्व अनुसन्धान कार्याल इटहरीले अनावश्यकरूपमा व्यापारीहरूलाई दुख दिने, नाजायज फाइदा लिने गरेको पूर्वमा चर्चा छ । यससम्बन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तम शर्मा घिमिरेले वेब साइट अपडेट गर्ने काम राजस्व अनुसन्धान विगभाको भएको प्रतिक्रिया दिँदै हामीसँग त्यसको युजर नेम र पासवर्ड केही नभएको बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij