
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इम्पेरमेन्ट चार्ज वापत् ३ करोड ५ लाख रुपैयाँभन्दा बढी छुट्याएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा १० करोड ३ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो । यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को रकम ६९ दशमलव ५२ प्रतिशत कम भएको हो ।
इम्पेरमेन्ट चार्ज वापत्को रकम कम व्यवस्था गर्नुपरेकाले कम्पनीको खुद नाफा १७ प्रतिशत बढेको छ । गत वर्ष ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५१ करोड ७७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा १ अर्ब ५४ करोड १६ लाख ३० हजार रुपैयाँ छ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ छ । शेयर प्रिमियममा १ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीले यस अवधिसम्म २ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १९ अबृ ५२ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij