Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

राष्ट्र बैंकद्वारा २ अर्ब १९ मुद्दती लगानीका लागि आह्वान

राष्ट्र बैंकद्वारा २ अर्ब १९ मुद्दती लगानीका लागि आह्वान

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दतीमा लगानी लगाउन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । ३६६ दिनका लागि यो रकम मुद्दतीमा लगानी लगाउन चाहेको जनाउँदै राष्ट्र बैंकले राष्ट्रियस्तरका क वर्गको वाणिज्य बैंकका लागि १ अर्ब ७५ करोड २० लाख , ख वर्गका विकास बैंकका लागि ३२ करोड ८५ लाख र ग वर्गको वित्त कम्पनीका लागि १० करो ९५ लाख  छुट्टयाएर लगानी प्रस्ताव सार्वजनिक गरेको हो ।

    मुद्दतीमा उक्त रकम लिन चाहने उक्त वर्गीकरणमा परेका बैंक तथा वित्तीय संस्थाहरूलाई माघ ३० गते १० बजेदेखि १ बजेसममको समय दिएको छ । उक्त समय अवधिमा एफएमबीआईडी एट द रेट एनआरबी डट ओरजी डट एनपीमा जानकारी गराउन भनिएको छ ।
    राष्ट्र बैंकबाट  इजजात पत्र बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने , न्यूनतम पुँजीकोष तोकिए बमोजिमको हुनुपर्ने र निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत मुनिभएका जस्ता सार्वजनिक गरेका शर्तको अधीनमा उक्त प्रस्ताव गर्न पाउने आह्वान गरिएको छ । मुद्दती अवधि २०८१ साल फागुन ६ गतेदेखि २०८२ साल फागुन ६ गतेसम्मका लागि तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij