
काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गते बिहीबारदेखि बिक्री खुला गरेको म्युचुअल फन्ड योजनामा आवेदन दिने म्याद थप भएको छ । सो फण्डको इकाई खरिदका लागि अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना निष्कासन भएको हो ।
जसमध्ये कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरको लागि सार्वजनिक निष्कासन भएको छ ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij