Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

प्रभु केबलकारको अवितरित २१ लाखभन्दा बढी हकप्रद शेयर लिलामीमा

प्रभु केबलकारको अवितरित २१ लाखभन्दा बढी हकप्रद शेयर लिलामीमा

  • काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतका प्रभु होल्डिङ्गस, हाईड्रो होल्डिङ्गस, प्रभु ऊर्जा, प्रभु स्टील्स आदि कम्पनीहरूको लगानी रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । 

    कम्पनीले आज एक सूचना प्रकाशित गरि सो शेयर लिलामीमा राखेको हो । कम्पनीको उक्त शेयर प्रति कित्ता रु। १०० भन्दा माथि बढाबढ मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । आवेदकले आवेदन दिदा  न्यूनतम १००० कित्ता देखि  अधिकतम् सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीले गत मंसिर २९ गते देखी १स्१ का दरले माघ ४ सम्म हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त हकप्रद शेयर विक्री वितरणपछि बाँकी रहेको जम्मा २१ लाख १५ जार १० कित्ता शेयर लिलामीमा राखिएको छ । यो लिलामी माघ २७ देखि आगामी फागुन ११ गते बैंकिङ  समय सम्म सहभागिता जनाउन सकिने छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij