
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा चुलिएको हो । गत वर्ष ९ करोड ८२ लाख रहेको उक्त आम्दानी अहिले बढेर १८ करोड ६७ लाख कायम भएको छ ।
हाल रिडी पावरको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष २३ करोड ९९ लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १४ पैसा रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij