Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

साताको दोस्रो दिन पनि शेयर बजारमा  ओरालो , नेप्से परिसूचक २६७७. ३२ बिन्दुमा कारोबार घटेर ७ अर्ब मुनि

साताको दोस्रो दिन पनि शेयर बजारमा  ओरालो , नेप्से परिसूचक २६७७. ३२ बिन्दुमा कारोबार घटेर ७ अर्ब मुनि

  • काठमाडौँ । आज साताको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा १०.९८ बिन्दुले गिरावट आएको हो । सोमबार नेप्से परिसूचक २६७७.३२मा अडेको छ । सोमबार कारोबार पनि घटेको छ ।  सोमबार कुल कारोबार ६ अर्ब ९६ करोड २ लाख  ९२ हजार २ सय ३५ रुपैया तीन पैसा बराबर रहेको छ ।  सोमबार कुल १ करोड ४४ लाख ४३ हजार ७ सय ३५ कित्ता शेयरको खरिद बिक्री भएको हो । 
    हिजो साताको पहिलो दिन पनि  शेयर बजार ओरालो लागेको थियो । साथै कारोबार पनि घटेको थियो ।  हिजो नेप्से परिसूचक आज ११.४९ बिन्दुले आरालो लागेर २६८८.३१ बिन्दु अडिएको थियो ।  कारोबार ८ अर्ब  ३९ करोड ८६ लाख  ६० हजार ६ सय २९ रुपैयाँ ९७ पैसा  भएको थियो । गत साता देखि घट्न सुरु भएको बजार यो सातामा कारोबार पनि  घट्न थालेको देखिएको छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij