
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता र मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९८४ दशमलव ३३ कित्ता गरेर कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
मन्दाकिनी हाइड्रोपावरले मङ्सिर ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै सोल्टी होटलले पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चरले पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij