Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

अर्बिट इनर्जीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल

  • काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणमा ५० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरू समेत सर्वसाधारणका लागि उल्लेखित कित्ता आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । माघ २९ गते कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । विक्री प्रबन्धक नियुक्त भएसँगै अब आईपीओ निष्कासनका लागि सम्बन्धित निकायहरुबाट स्वीकृति लिने कार्य अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij