
काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सेयर निष्कासन सम्बन्धी सम्झौतामा एस।के। इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij