Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

विशाल बजार कम्पनी लिमिटेडको  १४ प्रतिशत लाभांश घोषणा

विशाल बजार कम्पनी लिमिटेडको  १४ प्रतिशत लाभांश घोषणा

  • काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । 


    सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७०–७१ देखि २०७५-७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ र २०८१-८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij