Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा ६७.२१ प्रतिशतले घट्यो

सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा ६७.२१ प्रतिशतले घट्यो

  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६७.२१ प्रतिशतले थोरै हो । गत वर्ष यसले २० करोड रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १.०२ प्रतिशतले बढेको छ । 

    यसको लगानी तथा कर्जाबाट हुने आम्दानी २० करोड ६३ लाख रुपैयाँबाट बढेर २० करोड ८४ लाख रुपैयाँ कायम भएको छ । पुससम्म यसले ७१ करोड ९१ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ९.६५ प्रतिशतले थोरै हो । 
    कम्पनीको कमिसनबाट हुने आम्दानी भने ३२.४४ प्रतिशततले बढेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij