Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफा ४.९७ प्रतिशतले घट्यो

माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफा ४.९७ प्रतिशतले घट्यो

  •  

    काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात, पुसमसान्तसम्म १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४.९७ प्रतिशत कम हो ।विद्युत बिक्रीबाट हुने आम्दानी ४१ करोड ५२ लाखबाट घटेर २० करोड ४७ लाख कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । वित्तीय खर्च भने १२ करोड ९ लाखबाट घटेर ८ करोड १८ लाख रुपैयाँमा झरेको छ ।  १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ५ लाख जम्मा रहेको छ । इपीएस २३.७७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४६.९८ रुपैयाँ छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij