Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

जसपा नेपालद्वारा  भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय

जसपा नेपालद्वारा  भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएकोमा त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि  जसपा सकारात्मक रहने छ ।

    यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् । भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधानका साथै  भू–माफियाको प्रभाव बढ्न सक्ने देखेर यस्तो निर्णय गरिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij