Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

हिमालयन डिष्टिलरीको खुद नाफा नाफा १४७ प्रतिशतले बढ्यो

हिमालयन डिष्टिलरीको खुद नाफा नाफा १४७ प्रतिशतले बढ्यो

  • काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत वृद्धि भएको छ । 
    गत आवमा कम्पनीले रू १६ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू ४० करोड ४९ लाख पुगेको छ । चालू आवमा कम्पनीको बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

    गत आवको तुलनामा चालू आवमा  कम्पनीको बिक्री आम्दानी ५९ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको विक्री आम्दानी रू १ अर्ब ८९ करोड रहेकोमा चालू आवमा बढेर रू ३ अर्ब ३ करोड २२ पुगेको छ । 
     कम्पनीको सञ्चालन मुनाफा १३१ दशमलव ९७ प्रतिशत बढेको छ ।  गत आवमा कम्पनीको सञ्चालन नाफा रू २३ करोड ४ लाख रहेकोमा चालू आवमा बढेर रू  ९१ करोड १४ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७ दशमलव ३६ प्रतिशत घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij