Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड

  • काठमाडौँ  । सांसदहरुले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । आज सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधान सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफलका क्रममा उहाँहरुले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो । समितिका सभापति मायाप्रसाद शर्माले आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । “विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने किसिमले नीतिगत व्यवस्था लागू गर्नुहुँदैन । संरक्षण गर्ने भनेर मात्र पनि हुँदैन ।

    विकास आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “विकास र वातावरणलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ ।” सांसद मदनकुमारी शाहले संरक्षण क्षेत्रभित्र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धीका नीति कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो । सांसद रेनु चन्दले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतलाई सहज बनाउन ‘अन्डरपास’ र ‘ओभरपास’का लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । सांसदहरु नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारी, युवराज शर्मा, सुमित्रा विसी, गोमादेवी तिमल्सेना, रुक्मिणी कोइराला, बलदेव बोहोरा, पदमबहादुर परियारले निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij