
काठमाडौँ । आज शेयर बजार फेरि खस्किएको छ । ओरोलिँदै आएको बजार हिजो केही बढेकोमा आज फेरि १.११ बिन्दुले तल झरेर २६८२.७५ बिन्दुमा अडिएको छ ।
तर कारोबार भने हिजोको भन्दा बढेको छ । आज कुल कारोबार ८ अर्ब ६० करोड २ लाख ६८ हजार ७७१ रुपैया ५८ पैसा भयो । यो कारोबार हुन १ करोड ५३ लाख २८ हजार २ सय ६८ कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij