Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म कमायो २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा

नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म कमायो २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा

  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू। २५ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २७ करोड ९१ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

    कम्पनीको कुल आम्दानी गत आवमा रू. ११ अर्ब ५८ करोड रहेकोमा चालू आवमा बढेर रू। १३ अर्ब ९ करोडभन्दा बढी पुगेको छ । कम्पनीको खुद बीमाशुल्क गत आवमा रू.८ अर्ब ३८ करोड रहेकोमा चालू आवमा बढेर रू. ९ अर्ब ४८ करोडभन्दा बढी पुगेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी सामान्य वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij