Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

उपभोक्ता अदालत विश्व उपभोक्ता दिवसको अवसरमा सञ्चालनमा आउने

उपभोक्ता अदालत विश्व उपभोक्ता दिवसको अवसरमा सञ्चालनमा आउने

  • काठमाडौँ । सरकारले गठन गरेको उपभोक्ता अदालत एक महिनापछि सञ्चालनमा आउने भएको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने भएको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए अनुसार हालै गठन गरिएको उपभोक्ता अदालत सञ्चालनमा ल्याउन सबै तयारी भइसकेको छ ।

    अदालतका लागि कार्यालय र कर्मचारीको व्यवस्था भइसकेको छ। उपभोक्ता अधिकार दिवसको अवसर पारेर ल्याउने तयारी गरिएको छ ।उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि गठन भएको उपभोक्ता अदालत सञ्चालनमा आउन लागेको छ । सरकारले एक साताअघि उपभोक्ता अदालत गठन गरेको थियो।

    उपभोक्ता अदालत बबरमहलस्थित नेपाल औषधि लिमिटेडको भवनमा रहने जनाइएको छ । अदालतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकिएको छ। सर्वोच्च अदालतका उपरजिस्ट्रार गेहेन्द्रराज रेग्मी र अर्का कर्मचारी आनन्द राज पोखरेलले सदस्यको रुपमा काम गर्ने जनाइएको छ ।उपभोक्ता अदालतले उपभोक्ताको क्षतिपूर्ति, उपभोक्ताविरुद्धको कसुर (तीन वर्षभन्दा बढी कैद हुने) तथा वस्तु र सेवासँग जोडिएका मुद्दा  हेर्नेछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij