Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

शुभम् पावर लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४६ लाख ३३ हजार रुपैयाँ खुद नाफा

शुभम् पावर लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४६ लाख ३३ हजार रुपैयाँ खुद नाफा

  • काठमाडौं । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको कम्पनी ६४ लाख ४० हजार घाटामा थियो । विद्युत उत्पादन सुरु गरेसँगै कम्पनी पनि नाफामा गएको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड ३० लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको वित्तीय खर्च पनि २२ लाख ७७ हजारबाट घटेर १९ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९४.७४ रुपैयाँ रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij