
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्न लागेको छ ।बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको उपयोग गरी आइतबार ४० अर्ब रुपैया तान्न लागेको हो ।
२१ दिनको लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न बोलकबोलकर्तालाई आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत् बोलकबोल गर्न भनेको हो ।फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी मिति राखी बोलकबोलबारे जारी गरिएको सूचनाका अनुसार बोलकबोलकर्ताले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने छ ।
यो रकम राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने जनाइएको उक्त सूचना अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त क , ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र निक्षेप संकलन उपकरणको बोलकबोलमा भाग लिन पाउने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij