
काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, ब्लु स्टार कम्पेक्ल, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij