Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

बलेफी हाइड्रोपावरको अवितरित करीब १८ लाख कित्ता हकप्रद शेयर लिलामीमा

बलेफी हाइड्रोपावरको अवितरित करीब १८ लाख कित्ता हकप्रद शेयर लिलामीमा

  • काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर आजदेखि लिलामीमा ल्याएको छ । 

    कम्पनीले यसअघि मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको संस्थापतर्फको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारणतर्फको ‘लक–इन’मा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणतर्फको ‘लक–इन’मा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । 

    कम्पनीको सर्वसाधारणतर्फ ‘लक–इन’मा रहेको शेयर आगामी चैत २९ गतेपछि कारोबारयोग्य हुनेछ । लिलामीमा आउने शेयर खरीदका लागि फागुन १९ गतेभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij