Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

चालु आवको सात महिनामा बैंकहरूको कर्जा प्रवाहमा वृद्धि , सबै भन्दा बढी कर्जा प्रवाह गर्ने ग्लोबल आईएमई

चालु आवको सात महिनामा बैंकहरूको कर्जा प्रवाहमा वृद्धि , सबै भन्दा बढी कर्जा प्रवाह गर्ने ग्लोबल आईएमई

  • काठमाडौँ । वाणिज्य बैंकहरुले  चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।कर्जा विस्तार गर्ने व्यवसायिक प्रतिष्ठान बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तारले सकरात्मक संकेत दिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भइरहेको अवस्था नेपाल राष्ट्र बैंकले साता पिच्छे निक्षेप संकलन गर्ने गरेकोबाट पनि पुष्टि हुने गरेको छ ।  कर्जा प्रवाह भएबाट बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिने छ। 

    नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको  कुल  कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको देखिन् छ । माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

    चालु आर्थिक वर्षको सात महिनामा बैंकहरूमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह बढी भएको देखिन्छ । चालु आवको सोही अवधिमा निक्षेप संकलन जम्मा ४.२१ प्रतिशत मात्रै बढेको छ ।असार मसान्तसम्म कुल निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड रहेको थियो भने  माघ मसान्तसम्म आउँदा २ खर्ब ४२ अर्ब २८ करोड बढेको छ । माघ मसान्तसम्म कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको छ ।

    विज्ञहरूका अनुसार बैंकमा कर्जाको माग पनि बढेको छ सोअनुसार प्रवाह पनि भइरहेको छ ।  कर्जा जाने संकेतले नै अधिकांश बैंकहरूले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । ब्याज दर घटाउँदै आएका धेरै जसो बैंकहरूले पछिल्ला महिनामा  ब्याजदर स्थिर राख्ने गरेको देखियो । कर्जा प्रवाहमा हुने वृद्धिले  आन्तरिक अर्थतन्त्र पनि चलायन हुन खोजेको दर्शाउँछ । 

    कर्जा विस्तार गर्ने बैंकहरूमा  ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । सात महिनामा यो बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ । माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै घटेको छ । सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij