
काठमाडौँ । आज नेप्से परिसूचकमा २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा आएको छ । आज १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह २.१६ प्रतिशतले बढेको छ ।
यस दिन ३०२ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij