
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १३ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०६ बजेसम्म ५१ हजार ७२९ जनाले १३ लाख ७२ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.६२ गुणा बढी आवेदन हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij