Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त

पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त

  • बेइजिङ ।चीनले पोप लियो चौधौँ क्याथोलिक चर्चको प्रमुखमा निर्वाचित भएकामा शुक्रबार बधाई दिँदै भ्याटिकनसँग ’रचनात्मक संवाद’ जारी राख्ने आशा गरेको जनाएको छ ।

    “नयाँ पोपको नेतृत्वमा भ्याटिकनले चीनसँग रचनात्मक संवाद जारी राख्ने र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहन संवाद सञ्चालन गर्ने आशा गरिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो ।

    बेइजिङ र भ्याटिकनले संयुक्त रूपमा सम्बन्धको निरन्तर सुधारलाई बढावा दिन र विश्व शान्ति, स्थिरता र विकास समृद्धिमा योगदान दिन सक्ने आशा लिनले व्यक्त गर्नुभयो ।

    शिकागोमा जन्मेका रोबर्ट फ्रान्सिस प्रेभोस्टलाई सिस्टिन च्यापलमा आयोजित गोप्य सम्मेलनपछि विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीको नेतृत्वका लागि चयन गरिएको छ ।

    आधिकारिक रूपमा कुनै धर्ममा विश्वास नराख्ने ९नास्तिक० चीन र भ्याटिकनबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ।

    नयाँ कम्युनिस्ट व्यवस्थासँगै चीनले सन् १९५१ मा होली सीसँग सम्बन्ध विच्छेद गरेको थियो भने चिनिया क्याथोलिकहरूलाई राज्य द्वारा संचालित चिनियाँ क्याथोलिक प्याट्रियटिक एसोसिएशनको सदस्यता वा पोपप्रति वफादार गैर–स्वीकृत चर्चहरू मध्ये एक रोज्ने विकल्प दिएको थियो । 

    हालै  दिवङ्गत हुनुभएका फ्रान्सिसको ९लियोका पूर्ववर्ती० को नेतृत्वमा बेइजिङ र भ्याटिकनले सन् २०१८ मा बेइजिङ र होली सी दुवैलाई पादरी प्रमुख नियुक्त गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेका थिए। 
     
    तर भ्याटिकनले सन् २०२२ र २०२३ मा बेइजिङले एकतर्फी रूपमा देशको सबैभन्दा ठूलो क्याथोलिक धर्मप्रांत साङ्घाईमा एक विशपसहित दुई पादरी प्रमुख नियुक्त गरेपछि खेद व्यक्त गरेको थियो ।

    उनीहरु सन् २०२४ मा पुनः सम्झौता लम्ब्याउन सहमत भएका थिए।

    फ्रान्सिसले चीनलाई ‘महान् देश’ को संज्ञा दिनुभएको थियो भने भ्रमण गर्ने इच्छा पनि व्यक्त गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij