
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर माघ १५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४७ हजार ५१६ जना आवेदकहरुमा फागुन ५ गते आईपीओ बाँडफाँट गरिएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेवोन० बाट कम्पनील माघ ३ गते सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij