Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि  एफपीओ जारी गर्ने

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि  एफपीओ जारी गर्ने

  • काठमाडौं । फस्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीले फागुन २१ गतेसम्म यो एफपीओ निष्कासनको छिटो अवधि तय गरेको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत ३ गतेसम्म निष्कासनमा रहने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij