
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग फर्महरूको अनुगमन गर्दा दुई फर्मलाई जरिवाना अन्यलाई निर्देशनात्मक कारबाही गरेको जनाएको छ ।उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको हो ।
विभागले जनाए अनुसार हिजो सोमबार काठमाडौँ महानगरपालिका वडान ९मा सुकराम स्टोर, एयरपोर्ट कोल्ड स्टोर र गोरखा स्टोरमा अनुगमन गरिएको थियो ।यसैगरी काठमाडौँ महानगरपालिका वडा न ३१मा राधे फेसन नेपाल , सोनी शृंगार स्टोर र स्मार्ट फेसन वेयर्समा अनुगमन गरिएको थियो । त्यसैगरी काठमाडौँ महागरपालिका वडा न १४मा मयजु बुटिकमा अनुगमन गरिएको विभागले जनाएको छ ।
अनुगमनको क्रममा सामान्य निर्देशन दिइएकाहरूमा सुकराम स्टोर, एयरपोर्ट कोल्ड स्टोर , गोरखा स्टोर ,स्मार्ट फेसन वेयर्स र मयजु बुटिक रहेका छन् ।राधे फेसन नेपाललाई २० हजार जरिवाना गरी कागजातसहित उपस्थित हुन भनिएको भने सोनी शृंगार स्टोर १० हजार जरिवाना गरिउको विभागले सार्वजनिक गरेको सूचनामा जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij