Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

विदेशी मुद्रा विनिमय अपचलनमा अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागद्वारा धरौटी माग

विदेशी मुद्रा विनिमय अपचलनमा अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागद्वारा धरौटी माग

  • काठमाडौँ । विदेशी मुद्रा अपचलन गरेका अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागले जरिवाना तोकेको छ । 

    गत आइतबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशी मुद्रासहित यी दुवैलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो । कार्यालयले  चिनियाँ मूलकी अमेरिकी नागरिक नायानबाट अमेरिकी डलर १४ सय , सिंगापुर डलर २सय ४९ , मलेसियन सय र इन्डोनेसियन पैसा १२ हजारसहित विभाग पठाएको थियो । 

    राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा १८ लाख नेपालीको तीन गुनाले जरिवाना गरी ५४ लाख रुपैयाँ  अमेरिकी नागरिक नायानलाई धरौटी तोकेको छ । यस्तै  भारतीय नागरिक अनिल शर्मालाई प्रतिबन्धित भारतीय रुपैयासहित राजस्व अनुसन्धान विभाग पठाइएकोमा १२ लाख रुपैयाँ धरौटीमा छाडिएको छ । शर्मा अनिल कार्गो प्रालिका सञ्चालक समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij