
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ६ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
छब्बिस आयोजना पुनःनिर्माण गर्न अर्थ मन्त्रालयले १९ अर्बको स्रोत सहमति प्रदान गर्ने
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको हो ।
अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनःनिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन् ।
सेवा हाइड्रोपावरको विशेष साधारण सभा फागुन २१ गते , हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । सेवा हाइड्रोपावरले लिमिटेडले विशेष साधारण सभा फागुन २१ गते गर्ने भएको छ ।
फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं म.न.पा १० बानेश्वरमा गर्ने जनाएको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा, १० अर्ब ४३ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा आएको छ । आज१० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा समूहको सूचक बढेका छन् । यस दिन अन्य समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ ।
यस दिन ३१४ कम्पनीको १ करोड ८२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ जारी गर्ने
काठमाडौं । फस्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले फागुन २१ गतेसम्म यो एफपीओ निष्कासनको छिटो अवधि तय गरेको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत ३ गतेसम्म निष्कासनमा रहने जानकारी कम्पनीले दिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा क्रेस्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर माघ १५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४७ हजार ५१६ जना आवेदकहरुमा फागुन ५ गते आईपीओ बाँडफाँट गरिएको हो ।
प्रि ओपन सेसन :नेप्से सूचक ८.०२ अंकले बढ्यो
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ विन्दुले बढेको छ । यससँगै सूचक २७३५.९४ अंकमा आएको छ । १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आजदेखि सानिमा क्यापिटलको ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला
काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गते मंगलबारदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको छ । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
विशाल बजार कम्पनीको साधारण सभा फागुन २८ गते , १४ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले यसपटक १४ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीको गत माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ ।
अमेरिकी डलरको मूल्य पुनः उकालो लाग्यो , यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।
अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।
छब्बिस आयोजना पुनःनिर्माण गर्न अर्थ मन्त्रालयले १९ अर्बको स्रोत सहमति प्रदान गर्ने
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको हो ।
विदेशी मुद्रा विनिमय अपचलनमा अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागद्वारा धरौटी माग
काठमाडौँ । विदेशी मुद्रा अपचलन गरेका अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागले जरिवाना तोकेको छ ।
गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशी मुद्रासहित यी दुवैलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो । कार्यालयले चिनियाँ मूलकी अमेरिकी नागरिक नायानबाट अमेरिकी डलर १४ सय , सिंगापुर डलर २सय ४९ , मलेसियन सय र इन्डोनेसियन पैसा १२ हजारसहित विभाग पठाएको थियो ।
डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान
काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो ।
डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको जनाउँदै कम्पनीले डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिकाद्वारा अदालतविरुद्ध अवहेलना नभएको जवाफ पेस
केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेकोे आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत परराष्ट्रमन्त्री राणाले स्पष्ट गर्नुभएको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ
काठमाडौँ ।प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंको बुढानीलकण्ठबाट २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।गत राति बुढानीलकण्ठ नगरपालिका– ३ गैरीगाउँस्थित एक घरबाट उनीहरू लाई पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाए अनुसार आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न कम्पनीका मोबाइल ८८ थान, ल्यापटप १० थान र नगद ८१ हजार घरबाट बरामद गरेको जनाएको छ ।
भारतमा रहेका विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहलको माग
काठमाडौँ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) वुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
नेटवर्थको सीमा तोकेर आईपीओ निष्काशनमा रोक लगाउने निर्णय सच्च्याउन सक्ने लचक बिन्दुमा लेखा समिति
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेटवर्थको सीमा तोकेर आईपीओ निष्काशनमा रोक लगाउन गरेको निर्णयमा पुनरावलोकन गर्ने भएको देखिएको छ ।कानुनमै नभएको व्यवस्था विपरीत नेटवर्थको सीमा तोकेर लेखा समितिले आईपीओ निष्काशनमा रोक लगाएको भनी ऊर्जा उत्पादकहरूले चौतर्फी लबिङ गरेयता चर्किएको आलोचना पछि लेखा समितिका सभापतिले यस्तो संकेत दिएका हन् ।
समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार सार्वजनिक मञ्चबाटै निर्णय सच्याउने संकेत गर्दै समितिको निर्णयलाई लिएर विवाद गर्ने भन्दा पनि छलफल गरेर समाधानको बाटो खोज्न सकिने बताए।सभापति पोखरेलले भने ‘लेखा समितिको निर्देशनले जलविद्युतको आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा पनि समाधान गर्न लाग्नुपर्छ। समितिले गरेको निर्णय विषयमा पुनः छलफल गरी समाधान खोज्न सकिन्छ,’
सरकारद्वारा १० अर्बको ऋणपत्र जारी, फागुन ८ गतेसम्म आवेदन दिन सकिने
काठमाडौंँ । सरकारले फेरि आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री सम्बन्धी सूचना मंगलबार निकालेको हो ।
फागुन ८ गते दिउँसो ३ बजेसम्म ऋणपत्र खरिद गर्न चाहनेले बोलकबोल गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
आज सुनको मूल्य बढ्यो ,तोलाको १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार
काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij