Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ८ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसअघि बुधबार पनि १ अमेरिकी डलर भाउमा कारोबार भएको थियो ।

    यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ४९ पैसा खरिददर १७४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १४ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा छ ।

    त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij