Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

पछिल्ला तीन आवको पहिलो अर्धवार्षिकमा वाणिज्य बैंकहरूको खुद मुनाफा घट्दो लहरमा

पछिल्ला तीन आवको पहिलो अर्धवार्षिकमा वाणिज्य बैंकहरूको खुद मुनाफा घट्दो लहरमा

  • काठमाडौँ । पछिल्ला वर्षहरूमा  वाणिज्य बैंकहरूको औसत खुद मुनाफा (नेट प्रोफिट) घट्दै गएको छ ।चालु आव २०८१/८२ दोस्रो त्रैमासिकलाई जोडेर हेर्दा पछिल्ला तीन वर्षमा बैंकहरूको खुद मुनाफा घट्दो क्रममा गइरहेको देखिएको हो । आर्थिक वर्ष २०७७/७८को दोस्रो त्रैमासिकमा औसत खुद मुनाफा ३१ अर्ब ७ करोड रहेको थियो भने २०७८/७९को दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको औसत खुद मुनाफा बढेको थियो । नेपाल बैंकर एसोसिएसनले प्रस्तुत गरेको डेटा अनुसार बढेको औसत खुद नाफा ३४ अर्ब २१ करोडबाट घटेयता चालु आव २०८१/८२को दोस्रो त्रैमासिकमा पनि घटेकै देखिएको छ ।

    आव २०७९/८०मा एभरेज नेट प्रोफिट ३३ अर्ब ७५ करोडमा खस्किन पुगेको थियो । बैंकहरूको आरालिँदो नेट प्रोफिट २०८०/८१को दोस्रो त्रैमासिकमा झरेर २८ अर्ब ७७ करोड ने प्रोफिट रहेको थियो । चालु आव २०८१/८२को दोस्रो त्रैमासिक पुस मसान्तमा झन् झरेर २७ अर्ब ४३ करोड खुद नाफा रहन गएको नेपाल बैंकर्स एसोसिएसनको डेटामा उल्लेख गरिएको छ । नेपाल बैंकर्स एसोसिएसनले उक्त डेटा लेखा परीक्षण हुन अघिको अवस्था भनी प्रस्तुत गरेको छ ।

    यसैगरी वाणिज्य बैंकहरूले तिर्ने गरेको आयकर भुक्तानी पनि पछिल्ला  तीन आर्थिक वर्षको दोस्रो त्रैमासिकमा घटेर गएको देखिन्छ ।नेपाल बैंकर्स एसोसिएसनले जनाए अनुसार आव २०७७/७८मा  वाणिज्य बैंकहरूले औसत आयकर १३ अर्ब २६ करोड बुभएका थिए भने यो बढेर २०७८/७९मा १४ अर्ब १२ करोड बुझाएका थिए । बैंकहरूको औसत आयकर २०७९/८०मा १३ अर्ब ८९ करोडमा झरेको थियो । त्यसपछि २०८०/८१को दोस्रो त्रैमासिकमा १२ अर्ब ४० करोड थियो भने  चालु आव २०८१/८२को पहिलो ६ महिना पुस मसान्तसम्म यो झरेर १२ अर्ब ३७ करोडमा झरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij