Logo

Feb 22 2025 | २०८१, फागुन १०गते

Feb 22 2025 | २०८१, फागुन १०गते

images

कर्मचारीहरूलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन माग

कर्मचारीहरूलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन माग

  • काठमाडौँ । कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन मागसहितको एक ज्ञापन पत्र बुझाइएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कार्यस्थलमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो  ।  संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वको एक टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।karmarchari1.jpg

    ज्ञापनपत्रमा तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको  जनाइएको छ ।

    यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘ ७७ वटै जिल्लामा कर्मचारीको सुरक्षा र यदि कर्मचारीबाट गल्ती भएको भए कानुनी दायरामा ल्याउने तर भौतिक रुपमा आक्रमण भएका घटना कानुन विपरीत रहेको र भौतिक आक्रमण गरिसकेपछि मिलेमतोको प्रयास गर्नु गलत रहेको भन्दै  कानुन बमोजिम अगाडि बढनु पर्ने निर्देशन दिनु भएको छ’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij