काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा सिंहदरबार फर्किएका छन्।पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा फागुन ३ गते बेलुन फुट्दा आगोको ज्वालाले पोखराका मेयर धनराज आचार्यसँगै अर्थमन्त्री पौडेल पनि घाइते हुन पुगेका थिए।
उनीहरूको शरीरका विभिन्न भाग ६ प्रतिशतसम्म जलेको थियो। उनलाई कीर्तिपुरस्थित जलन (बर्न हस्पिटल)अस्पतालमा दुई दिन सघन उपचार गरिएको थियो।जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै असर नदेखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि मन्त्री पौडेलले अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए।आइतबार अर्थमन्त्री पौडेल मन्त्रालयको नियमित काम मन्त्रालयबाटै फेरि सुरु गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij