Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टीलरीको  ५६ लाख २९ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टीलरीको  ५६ लाख २९ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार दुई कम्पनीको कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता शेयर सूचीकृत भएको छ ।

    डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७ दशमलव १३३६ कित्ता र हिमालयन डिष्टीलरीको ४० लाख ८ हजार ७८४ दशमलव ९७ कित्ता गरेर कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइने छ । हिमालयन डिष्टीलरीले १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij