
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले संस्थापक शेयर विक्रीका लागि माग गरेको बोलपत्र फागुन १५ गते खोल्ने भएको छ ।
कम्पनीले २१ लाख १५ हजार १० कित्ता संस्थापक शेयर विक्रीका लागि माघ २७ गतेदेखि फागुन ११ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा विहान ७ः३० बजे खोलिने जानकारी कम्पनीले दिएको छ ।
यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट समेत गरिसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij