Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

त्रिभुवन विमानस्थलबाट झण्डै ४ किलो अवैध सुनबरामद

त्रिभुवन विमानस्थलबाट झण्डै ४ किलो अवैध सुनबरामद

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशबाट चोरी तस्करी गरी ल्याएको करिब ४ किलो सुन बरामद भएको छ।

    बुधबार राति फ्लाई दुबईबाट आएका तीन जना महिलासँग सुन फेला परेको हो। उनीहरूले मलद्वारमा राखेर सुन ल्याएको खुलेको छ। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम रहेको जनाइएको छ।

    भन्सार एरिया पास भइसकेपछि विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले शंका लागेर चेक गर्दा उनीहरूको साथबाट सुन भेटिएको हो।

    सरकारले विमानस्थलमा कडाइ गरे पनि विभिन्न तरिका प्रयोग गरेर सुन तस्करी हुने गरेको छ। भन्सार कार्यालयका अनुसार दैनिक औसत डेढ किलो सुन मानिसले राजस्व तिरेर समेत ल्याउने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij