Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

भिभोले ल्यायो नयाँ टु हन्ड्रेड प्रो स्मार्टफोन

भिभोले ल्यायो नयाँ टु हन्ड्रेड प्रो स्मार्टफोन

  • काठमाडौँ ।  विश्वप्रसिद्ध मोबाइल ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स २०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित मार्सक्युर होटलमा राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा एक पक्रकार सम्मेलनको आयोजना गरी  यो स्मार्टफोन सार्वजनिक गरिएको हो। कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले एक्स २०० प्रो अनावरण गरेका थिए।
    भिभो एक्स २०० प्रो ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क स्थापित गर्ने लक्ष्य राखेको छ। जाइस लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटी, शक्तिशाली प्रदर्शन, र आधुनिक डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

    भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले एक्स २०० प्रो प्रविधिको उच्चतम प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको बताएका छन्। जाइससँगको सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

    यस स्मार्टफोनमा २०० मेगापिक्सेल ‘जाइस् एपिओ’ क्यामेरा समावेश गरिएको छ, जसले अद्वितीय तस्वीर अनुभव प्रदान गर्छ। जाइस् टि स्टार कोटिंग ले जुम गरिएका तस्वीरहरूको रंग सन्तुलन कायम राख्न मद्दत गर्छ। यसका प्रमुख फिचरहरूमा पोट्र्रेट, हाइपरजुम, नाइटस्केप, म्याक्रो, र सनसेट मोड रहेका छन्।

    त्यसैगरी, १÷१.४ इन्चको सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली रहेको क्यामेराले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्छ। भिभो एक्स २०० प्रो मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट मा सञ्चालन हुन्छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij