
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आगलागी सम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षा प्रविधिको प्रवद्र्धन तथा स्थानीयस्तरमा जनचेतना अभिवृद्धिका लागि प्रदर्शनीको आयोजना हुन लागेको छ ।आप्सा नेपालले दुई दिने चैत्र २४ र २५ गतेका दिन दरवार मार्ग स्थित होटल याक एण्ड यतिमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फ्रेन्स एन्ड एग्जिबिसन २०२५को आयोजना गर्न लागेको हो ।
आप्साले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त अन्तर्राष्ट्रि सम्मेलन तथा प्रदर्शनीका बारेमा जानकारी गरायो ।आप्सा नेपालको अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनको उद्देश्य बारे जानकारी गराउँदै भने ‘ आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पु¥याउँदै आएको छ । जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदायस्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ।’
यसैगरी आप्सा नेपालका कार्यक्रमका निर्देशक सुरेश श्रेष्ठले उद्देश्यहरूका बारेमा थप प्रकाश पारे । उनीहरूका अनुसार अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रियाको मञ्च निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।
सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा बारे सचेत गराउने , अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम प्रदान गर्ने र अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरूमा नवीनतम प्रगतिहरू अन्वेषण गर्ने उद्देश्य रहेका छन् । यसैगरी जारी विज्ञप्तिमा उद्देश्य बारे भनिएको ‘ अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने , स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरू बारे चेतना जगाउने , यस सम्मेलनले गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ७५३ नगरपालिका, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूलाई एकसाथ ल्याउनेछ’
यस सममेलनमा सहभागिताका लागि दर्ता खुलाइ सकेको छ। चैत्र ५ गतेसम्म दर्ता मिति निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij