Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सबै नेपालीलाई अनिवार्य बीमामा जोड्न स्वास्थ्य मन्त्रीको जोड

सबै नेपालीलाई अनिवार्य बीमामा जोड्न स्वास्थ्य मन्त्रीको जोड

  • ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने आवश्कतामा जोड दिएका छन् ।विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा बिहीबार आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने विचार प्रस्तुत गर्दै मन्त्री पौडेलले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।

    स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने धेरै विषयहरू रहेको बताउँदै उनले  मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij