Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

अर्थ मन्त्रालयको पूर्वअर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल , प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न सुझाव

अर्थ मन्त्रालयको पूर्वअर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल , प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न सुझाव

  • काठमाडौँ । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । मन्त्रालममा आज आयोजित कार्यक्रममा पूर्वसचिवहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैँची चलाउन र ठूला आयोजना निर्माणमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन । 
     
    त्यस्तै वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागलाई उत्तरदायी बनाउन, तीनवटै तहबीच समन्वय बढाउनुपर्नेलगायत सुझाव दिइएको छ । पूर्वअर्थसचिवहरुले चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनामा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन् । त्यस्तै बीमा, सहकारी, पूँजीबजार र संस्थानलाई व्यवस्थित गर्नुपर्ने, सम्पत्ति शुद्धीकरणकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउनु पर्नेलगायत समेत सुझाव दिइएको छ । 
     
    वैदेशिक सहयोगमा सहयोग र ऋणभन्दा लगानीमा जोड दिनुपर्ने, जलवायु वित्तलाई जोड दिनु पर्ने, तथ्यपरक र कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने पनि पूर्वसचिवहरुको सुझाव छ । सामाजिक सुरक्षाबारे समीक्षा गरी एकीकृत गर्न, रुग्ण उद्योगलाई अध्ययनका आधारमा हटाउन, कर छुट दिँदा विचार गर्न, राजश्व परिचालनका क्षेत्रमा थप विकल्प खोज्न, बजारमा तरताल बढाउन, राज्यलाई दीर्धकालीन दायित्व पर्ने क्षेत्रमा विशेष ध्यान पुर्याउन पनि अर्थमन्त्रालयलाई सुझाव दिइएको छ । 
     
    त्यसैगरी वैकल्पिक वित्त व्यवस्थापनलाई प्राथमिकता दिन, राजस्वको लक्ष्य महत्वकांक्षीभन्दा यथार्थपरक राख्न, पूँजी खर्च वृद्धि गर्न, वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल मिलाउन, तथ्यमा आधारित भएर नीति र बजेट बनाउन, भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न, नीतिगत स्थिरता कायम गर्न, सेवा क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन् । पूर्व अर्थ सचिवहरुले निजी क्षेत्रलाई सहज हुने गरी व्यवसायिक वातावरण वृद्धि गर्न पनि सुझाव दिएका छन् ।
     
    कार्यक्रममा पूर्वमुख्य सचिव एवं पूर्वअर्थ सचिव डा विमल कोइराला, पूर्व अर्थ सचिव रामेश्वर खनाल, भानु आचार्य, कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, डा राजन खनाल, शिशिर ढुङ्गाना, मधु मरासिनी र पूर्वराजस्व सचिवद्वय लालशङ्कर घिमिरे र रामशरण पुडासैनी सहभागी हुनुहुन्थ्यो । 
     
    छलफलका क्रममा अर्थसचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरले पूर्वसचिवहरुबाट प्राप्त सुझावलाई ध्यान दिएर अघि बढ्ने धारणा राख्नुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij