Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

सभामुखको जानकारी: प्रतिनिधिसभाको एक स्थान रिक्त

सभामुखको जानकारी: प्रतिनिधिसभाको एक स्थान रिक्त

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

     

    नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गर्नुभएको छ । सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij