Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

महासंघको नेतृत्वमा १० अर्ब पूँजीको कम्पनी स्थापना गरी लगानीमैत्री वातावरणको निर्माणमा सक्रिय प्रयास : अध्यक्ष ढकाल

महासंघको नेतृत्वमा १० अर्ब पूँजीको कम्पनी स्थापना गरी लगानीमैत्री वातावरणको निर्माणमा सक्रिय प्रयास : अध्यक्ष ढकाल

  •  

     

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक प्रगति र रोजगार सृजनाका लागि लगानीमैत्री वातावरणको आवश्यकता रहेको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको सक्रिय पैरवी निरन्तर जारी रहने बताएका छन्। उनले महासंघअन्तर्गतका विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार महासंघमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उक्त धारणा राखेका हुन्।

    अध्यक्ष ढकालले देशमा थुप्रै लगानीका सम्भावनाहरू रहेका र ती सम्भावनाहरूलाई अवसरमा बदल्नको लागि सही वातावरणको आवश्यकता रहेकोमा जोड दिए। उनले भने, ूहामी प्रायः हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेरिरहेका छौं, तर यदि सकारात्मक दृष्टिकोण अपनायौं भने स्वदेशमै थुप्रै सम्भावनाहरू छन्, जसबाट हामी रोजगार सिर्जना गर्न सक्छौं।ू

    ढकालले सानो–सानो लगानीबाट पनि देशमा पूँजी निर्माण गर्न र त्यस पूँजीलाई परिचालन गरेर पूर्वाधारको विकास गर्न सकिने कुरामा विश्वास व्यक्त गरे। यस क्रममा महासंघको नेतृत्वमा १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी समेत दिए।

    महासंघको पछिल्लो विधान संशोधनले वस्तुगत संघबाट महासंघमा प्रतिनिधित्व गर्नका लागि थप अवसरहरू सिर्जना गरेको उनले बताए। महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघले वस्तुगत संघका क्षेत्रगत समस्याहरूलाई सम्बोधन गर्न निरन्तर पहल गरिरहेको उल्लेख गरे।

    महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्रलाई गतिशील बनाउन र रोजगारीको वातावरण सिर्जना गर्न महासंघले सकृय भूमिका निर्वाह गरिरहेको बताए। एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भने, ूदेशको आर्थिक विकासका लागि अर्थतन्त्र चलायमान हुनु आवश्यक छ, र यसका लागि आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा वस्तुगत संघहरूले थप सकृय भूमिका निर्वाह गर्नुपर्छ।ू

    यसरी, महासंघले देशको आर्थिक विकास र लगानी प्रवृत्तिलाई सशक्त बनाउने उद्देश्यले निरन्तर काम गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij