Logo

May 17 2025 | २०८२, जेठ ३गते

May 17 2025 | २०८२, जेठ ३गते

images

"सशस्त्र प्रहरीको टोलीद्वारा केरुङबाट ल्याइएका अवैध सामग्री भन्सार कार्यालयलाई हस्तान्तरण"

"सशस्त्र प्रहरीको टोलीद्वारा केरुङबाट ल्याइएका अवैध सामग्री भन्सार कार्यालयलाई हस्तान्तरण"

  • रसुवा । सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाईछिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ ।
     
    धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो ।
     
    केरुङबाट रसुवागढी हुँदै बिक्रीका लागि काठमाडौँतर्फ लाँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले सार्वजनिक यातायातमा  नियमित जाँच गर्ने क्रममा आज ती सामान बरामद गरी नियमानुसार भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।  
     
    टिमुरे भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गर्ने अवैध सामग्री नियमानुसार भन्सार कार्यालयमा बुझाउने गरेको बताउनुभयो । बरामद गरिएका सामग्रीको गुणस्तर जाँच गराई खानयोग्यलाई लिलाम र गुणस्तरहीन सामग्रीलाई  नष्ट गरिने व्यवस्था रहेको भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो । लिलाम तथा नष्ट गराउने व्यवस्थाका लागि भन्सारमा छुट्टै अधिकारसम्पन्न एक समिति रहेको र सो समितिले गरेको निर्णयका आधारमा बरामदी सामग्रीको व्यवस्थापन गरिने कानुनी व्यवस्था रहेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij